आगो लागेको त्रिशुली जलविद्युत केन्द्र मर्मत हुन एक साता लाग्ने

Advertisement

नुवाकोटः त्रिशूली जलविद्युत केन्द्रमा आगलागीले भएको क्षतिको मर्मत नहुँदा अझै एक साता विद्युत आपुर्ती नहुने भएको छ । जलविद्युत केन्द्रमा मंगलबार अपराह्न आगो लागेको थियो ।

विद्युतगृहबाट उत्पादित विद्युतलाई ट्रान्सफर्मर सम्म पुर्याउने प्रविधिमा आगोलागेपछि २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्र र १४ मेगावाट क्षमाताको देवीघाट जलविद्युत केन्द्रको उत्पादन बन्द भएको छ ।

विद्युत उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपरेकोले आगलागीलगत्तै त्रिशुली र बुधबारदेखि देविघाट उत्पादन बन्द भएको त्रिशुली जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले बताए ।

विद्युत प्राधिकरणका १५ जना भन्दा बढी कामदारले मर्मतकार्य गरीरहेको र आगोले क्षति मुगेका सामान भैरहवा सवस्टेशनबाट ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।

प्रारम्भिक लागतका अनुसार एक करोड रुपियाँ भन्दा बढीको क्षति भएको उनले दाबी गरे । उनका अनुसार त्रिशुली जलविद्युत केन्द्र मर्मतका लागि पानि बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानि बाट सञ्चालनमा रहेको दविघाट जलविद्युत केन्द्र पनि बन्दभएको हो ।

बन्द भएका दुई जलविद्युत केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक ५० लाख रुपियाँ भन्दा बढीको विद्युत उत्पादन रोकिएको त्रिशुली जलविद्युत केन्द्रका वितरण शाखा प्रमख सन्तोष कुमारले जानकारी दिए ।

मर्मत कार्यका लागि एक साता विद्युत उत्पादन बन्द गर्नुपरे पनि बुधबार साँझ देखि राष्ट्रिय प्रसारण ग्रिडमार्फत जडान गरी विद्युतसेवा सञ्चालन गरिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement