‘केसीका जायज माग मात्रै सम्बोधन गर्न सकिन्छ’, केसीलाई काँग्रेसको कार्यकर्ता बनाउने प्रयास

Advertisement

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासोमप्रसाद पाण्डेले सरकार अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको भन्दै केसीलाई काठमाडौं ल्याएर वार्ता गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा शुक्रबार उनले सबैको सल्लाह अनुसार केसीलाई काठमाडौं ल्याउनको लागि सरकार तयारी अवस्थामा रहेको र हेलिकप्टरसमेत स्ट्याण्डवाई रहेको भन्दै अनशनरत डाक्टर केसीका जायज मागहरु सरकारले सम्बोधन गर्ने तर नाजायज कुराहरु भने परिमार्जन गर्ने आफूहरुको योजना रहेको सुनाए ।

पाण्डेले भने, ‘डाक्टर केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारले आह्वान गरिसकेको छ, उहासँग वार्ता गर्न सरकार एकदम तयारी अवस्थामा छ ।’ उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसले अनशनरत डाक्टर केसीको विषयमा अलिक बढि नै कुरा उठाएको टिप्पणी गरे ।

उनले भने, ‘कांग्रेसले डाक्टर केसीको बारेमा जसरी कुरा उठाएको छ । उसले केसीको बारेमा सरकारमात्रै जिम्मेवार छ भन्ने देखायो, संभवतः डाक्टर केसीले पनि चार तारे झण्डा बोक्नुभएको थियो । त्यसैले उहाँको बारेमा कांग्रेसले अलिक बढि कुरा उठाउनु स्वभाविक हो ।’

उनले कांग्रेसले पछिल्लो समय जताततै अवरोधमात्रै गरेको गुनासो समेत पोखे । उनले भने,‘कांग्रेसको यो हर्कतले उसैलाई फाइदा हुँदैन् । पछिल्लो समय कांग्रेस गैर–जिम्मेवार बन्यो । कांग्रेसकै कारण अहिले संसदीय समितिहरु गठन हुन सकेका छैनन् । प्रतिपक्षी दलले चारवटा समिति माग गरेको छ ।’

कांग्रेसले संसदमा चिकित्सा शिक्षा विद्येयक रोकेको पनि पाण्डले आरोप लगाए । उनले भने, ‘विद्येयकउपर संसदमा सैद्धान्तिक र दफावार छलफल हुन्छ नि । संसदमा प्रशस्त समय हुन्छ । यो विद्येयक पारित गर्न लामो समय लाग्छ । तर काँग्रेसले छलफल नै गर्न नदिई विरोध गर्यो ।’ सरकारले चिकित्सा शिक्षा विद्येयक प्रक्रिया पूरा गरेर नै संसदमा पेश गरेको उनले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement