बर्षौ लामो कष्टपूर्ण अनशनपछि बल्ल गंगामायाले अनशन तोडिन

Advertisement

काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीले शुक्रबार आमरण अनशन तोडेकी छन् । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्धन्द्धका क्रममा आफ्नो निर्दोष छोराको हत्या भएपछि हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया र उनका पति नन्दप्रसाद अनशन सुरु गरेका थिए ।

वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै अनसन बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् ।

कानुनमन्त्री शेरबहादुर तामाङले उनका पूरा गर्ने दुई बुँदे सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाएपछि गंगामायाले अनशन तोडेकी हुन । गंगामायासँगै अनशनमा बसेका नन्दप्रसादको अनशनकै क्रममा निधन भएको थियो । उनको अन्त्यष्टि अझै हुन सकेको छैन ।

छोराको हत्यामा संलग्न छविलाल पौडेल पनि केही दिन अघि मात्रै पक्राउ परेपछि गंगामायालाई अनशन तोड्न बाटो खुलेको हो । पछिल्लो पटक उनी यही मंगलबारबाट आमरण अनशन बसेकी थिइन् ।

उनका छोरा कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो ।

Advertisement

Advertisement

Advertisement