भारतीय राजदूत भन्छन– मानसरोबार जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य बाटो हुनसक्छ

Advertisement

काठमाडौं । नेपालगञ्जका व्यवसायीहरुले नेपालगञ्ज दिल्ली हवाई उडान छिटो सञ्चालन गर्नुपर्ने माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा शनिबार भएको कार्यक्रममा व्यवसायीले उक्त माग गरेका हुन ।

कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरी, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि सहभागी थिए । बा“के र बर्दियाका उद्यमी व्यवसायीहरूको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीवूटीको सहज निकास, सिटी हल एवं सुख्खा बन्दरगाह निर्माण जस्ता विषयहरु उठाएका थिए ।

राजदुत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगञ्जलाई मुख्य बाटो बनाउन सकिएमा यहा“को विकासमा ठूलो सहयोग पुग्ने बताए । उनले दिल्ली नेपालगञ्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य नाका हुने र त्यसबाट यहा“को विकासमा ढोका खुल्ने बताए ।

महासंघकी अध्यक्ष राणाले नेपालगञ्ज–दिल्ली उडानस“गै मानसरोवरको प्रवेशद्वार नेपालगञ्ज हुने भएकाले नेपालगञ्जसहित सिंगो प्रदेश नम्वर ५ को विकासले फड्को मार्ने दावी गरिन । भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन कनेक्टीभीटी महत्वपूर्ण हुने भन्दै नेपालगञ्ज लगायत नेपाल र भारतका मुख्य सहरहरूबीच सिधा हवाई सम्पर्क विस्तारमा उनले जोड दिइन ।

निकट भविष्यमा काठमाडौंमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुस“ग ठोस छलफल हुने राणाको भनाई छ । कार्यक्रममा महासंघका कार्यकारिणी सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रदेश सांसद मो. याकुव अन्सारीलगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement