डा. गोविन्द केसीलाई बचाउन माग गर्दै चिकित्सकहरु सडकमा (फोटो फिचर)

Advertisement

काठमाडौं । माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न माग गर्दै १५औं चरणको आमरण अनशनअन्तर्गत जुम्लामा १६औं दिनको अनशन बसिरहेको डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा अन्य सरोकारवालाले शनिबार प्रदर्शन गरेका छन् ।

सरकारले अटेर गर्दै चिकित्सा विद्येयक संसदबाट पास गराउने दाउ हेरिरहेको बेला त्यसको विरोधमा अनशनमा बसेका डा. केसीको अवस्था बिग्रिँदै गएपछि सरकारलाई दबाब दिन चिकित्सकहरु, अधिकारकर्मी र अन्य सरोकारवाला सडकमा उत्रिएका हुन ।

प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई केसीको जीवनरक्षा गर्न माग गरेका छन्। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीपछि कोणसभा भएको थियो।



[caption id="attachment_81432" align="alignnone" width="900"] [/caption]

















Advertisement

Advertisement

Advertisement