बेल्जियमलाई २१औं विश्वकप फुटबलको कास्यपदक, इङ्ल्याण्डको लज्जास्पद हार

Advertisement

काठमाडौं । पूर्वविश्वकप विजेता इङ्ल्याण्डलाई हराउँदै बेल्जियम यस पटकको विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० ले हराउँदै यस पटकको २१औं विश्वकप फुटबल प्रतियोगिताको कास्यपदक जित्न सफल भएको हो ।

समूह चरणकै खेलमा बेल्जियमसँग १–० ले पराजित भएको इङ्ल्याण्ड पुनः पराजित भएको छ । निकै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बल्जियमको उपाधी यात्रालाई फ्रान्सले सेमीफाइनलमा रोके पनि कास्यपदक हासिल गर्न भने सफल भएको छ ।

रुसको सेन्टपिटर्सबर्ग स्टेडियममा भएको निकै रोचक खेलको पहिलो हाफमा नै बेल्यिमले १–० ले अग्रता लिएको थियो । दोस्रो हाफको करिव अन्त्यतिर उसले अर्को गोल थप्दै आफू थप बलियो हुन पुगेको थियो ।

खेलको चौथो मिनेटमै थोमस मुनिएरले उत्कृष्ट गोल गर्न सफल भएका थिए भने ८३औं मिनेटमा एडिन हाजार्डले गोल गर्दै बेल्जियमले तेस्रो स्थानलाई थप पक्का गरेको थियो । आजको खेललाई दुवै टिमले प्रतिष्ठाको विषय बनाएका थिए । विजेताहरुलाई विश्व फुटबल महासंघ (फिफा)का अधिकारीहरुले पदक लगाइदिएका थिए ।

Advertisement

Advertisement

Advertisement