साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार, कारोबार भने निराशाजनक

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार भएको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ११ अंकले बढेर एक हजार दुईसय अंक पार गरेका छ ।

नेप्सेमा सामान्य सुधार आए पनि सेयर कारोबार भने बढन सकेन । आज जम्मा १९ करोड ३८ लाख रुपियाँको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने सेन्चुरी बैंकको एक करोड २९ लाख रुपियाँ कारोबार छ ।

समूहगत कारोबारतर्फ वित्तबाहेक सबै समूहको उपसुचक सुधार भएको छ । सबैभन्दा बढी होटल समूहको उपसुचक दुई दशमलव २९ प्रतिशतले बढेको छ भने बाणिज्य बैंकको शुन्य दशमलव ७८ प्रतिशतले बढेको छ । वित्त समूह शुन्य दशमलव २६ प्रतिशतले घटेको छ ।

Advertisement

Advertisement

Advertisement