‘सिजीको बजार हिस्सा ४० देखि ४५ प्रतिशत पुर्याउने योजना छ’

Advertisement

नेपालको स्थापित र लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा सिजीलाई चिनिन्छ । चौधरी समूहले आफ्नो यो सिजी ब्राण्डबाहेक अन्य थुप्रै विदेशी अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डहरु पनि बिक्री गर्दछ । मुलुकभर बलियो नेटवर्क रहेको सिजीले नेपालमै इलेक्ट्रोनिक्स सामग्रीहरु उत्पादन तथा एसेम्ब्लिङ गर्छ । यस्ता सामग्रीहरुलाई उसले समयअनुसार नयाँ प्रविधिमार्फत अद्यावधिक पनि गर्दै आएकोले बजार राम्रो लिन सकेको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतका विभिन्न ब्राण्डका स्वदेशी एवं विदेशी उत्पादनहरु बिक्री प्रवद्र्धनका लागि केही समयअघि मात्रै नियुक्ति भएका विजनेश युनिट हेड (बीयूएच) धर्मेन्द्र जोशी (भारतीय नागरिक)सँग गरिएको कुराकानीको सारः

तपाईं भारतीय नागरिक भएर पनि कसरी सिजी इलेक्ट्रोनिक्समा महत्वपूर्ण पद सम्हाल्न आइपुग्नुभयो ?
म यहाँ इलेक्ट्रोनिक डिभिजन सम्हाल्छु । सिजी ब्राण्डका साथै टिसिएल, गोद्रेज, सान्साई, क्याल्भिनेटर जस्ता ब्राण्डहरुको बजार प्रवद्र्धन गर्नु मेरो जिम्मेवारी हो । यसअघि म इन्टेक्स टेक्नोलोजी इण्डिया लिमिटेडको लागि काम गर्थें । त्यहाँ मैले इन्टेक्स मोवाइल हेर्दै गर्दा मलाई नेपालमा पठाइयो र मैले सिजीको लागि इन्टेक्स मोवाइल र एलइडीको आधिकारिक बिक्रेताको रुपमा काम गरें । इलेक्ट्रोनिक्स क्षेत्रमा मेरो २१ बर्षको अनुभव छ । त्यसमा १५ बर्षभन्दा बढि इलेक्ट्रोनिक्स र दूरसञ्चार क्षेत्रको अनुभव छ ।

यहाँ हामीसँग नयाँ प्रोडक्ट डेभलपमेन्टको लागि नयाँ डिभिजनहरु छ । अहिले हामी क्यान्ट प्रोडक्ट, क्यान्ट आरो, क्यान्ट एयर्फस र इलेट्रिकल प्रोडक्टहरु बिक्री गर्दै आएका छौं । नेपालमा इलेक्ट्रोनिक्स सामग्रीहरुको बजार संभावना निकै राम्रो छ । बढ्दो क्रममा छ बजार । हामीले यसलाई क्याप्चर गर्नुपर्नेछ । अहिले त सुरुवात मात्रै हो ।

तपाईंहरुको बजार अहिले कति छ ? कति पुर्याउने योजना छ ?
सिजीका सामग्रीहरुको बजार भनेको १२ देखि १५ प्रतिशत छ सबैको गरेर । यसमा टिभी, रेफ्रिजिरेटरसहित सबै सामग्रीहरु पर्छ । यसलाई ४० देखि ४५ प्रतिशत पुर्याउने योजनामा हामी छौं । किन त्यति पुर्याउन सकिन्छ भने सिजीले सामानहरुको गुणस्तरमा ध्यान दिएको छ । वारेन्टीका ध्यान दिएको छ । सर्भिसमा ध्यान दिएको छ । गुणस्तरका लागि हरेक नयाँ प्रविधिहरु अपनाइने गरिन्छ बजारको मागअनुसार ।

मूल्यको हिसावले सिजीअन्तर्गत बिक्री हुने सामग्रीहरु अन्य इलेक्ट्रिोनिक्स ब्राण्डभन्दा कत्तिको सस्तो छ ?
मूल्यभन्दा कुरा कस्तो हुन्छ भने जब हामी सस्तो सामान बनाउन थाल्यौं भने गुणस्तरमा ध्यान जाँदैन । मूल्यभन्दा ठूलो कुरा गुणस्तर हो । सिजीका सामानहरु मूल्यका हिसावले मध्यमस्तरका छन् । आम नेपाली उपभोक्ताले खरिद गर्नसक्ने मूल्य छ । निकै सस्तो पनि छैन । महंगो पनि छैन ।

बजारमा थुप्रै इलेक्ट्रोनिक्स सामान छनोट गर्न पाइन्छ । ती मध्ये सिजी वा सो अन्तर्गतकै अरु ब्राण्ड किन रोज्ने ?
हाम्रो सामग्रीहरुमा केही फरक विशेषता छ । जस्तो पहिलो कुरा त सिजी भन्ने बित्तिकै नेपाली बजारमा सर्टिफाइड वा भनौ चिरपरिचित ब्राण्ड हो । चौधरी ग्रुपअन्तर्गतको भनेपछि आमउपभोक्ताले सहजै विश्वास गर्ने अवस्था छ । त्यो विश्वासलाई सिजी इलेक्ट्रोनिक्सले कायम राख्दै पनि आएको छ । अर्को कुरा हाम्रो फ्याक्ट्री, उत्पादन, गुणस्तर जस्ता कुराहरु अनुगमन गरेर सर्टिफाइड गरिन्छ । त्यही सर्टिफाइडपछि ट्रेडमार्क लिएको छ । सिजीले यही उत्पादन गर्ने वा बाहिरबाट ल्याएर बेच्ने सबै ब्राण्डको बिक्रीमा फष्ट सर्भिस मिल्छ । ग्राहकको विश्वासलाई, ग्राहकको गुनासोलाई सम्बोधन गर्ने, उनीहरुको माग र चाहनाअनुसार इलेक्ट्रोनिक सामानहरु परिमार्जन गर्दै जाने भएकाले उनीहरुको विश्वास कायम रहन सकेको हो । मुल कुरा त सिजीले गुणस्तरमा कुनै पनि सम्झौता गर्दैन । सँगसँगै सिजीले उपभोक्तालक्षित विभिन्न आकर्षक अफरहरु पनि निरन्तररुपमा सञ्चालन गर्दछ अहिले पनि एलइडी टिभीमा एक बर्षको वारेन्टीलाई तीन बर्षको बनाइएको छ । त्यस्तै, विश्वकप फुटबललाई लक्षित गरी ‘एक्ट्राटाइममै गोलमा छ मज्जा’ भन्ने क्यापेयन चल्दैछ । टिसिएल, सान्साईलगायतका अरु ब्राण्डमा पनि यस्ता क्यापेयनहरु चल्दैछ । यस्ता कुराहरुले सिजीका ब्राण्डहरु उपभोक्ताको छनोटमा पर्दै आएको हो ।

यो विश्वकप फुटबलमा कति टेलिभिजनहरु बिक्री गर्ने योजना छ तपाईंहरुको ?
निकै राम्रो बिक्री भएको एलइडी टिभीको । हामीले सोचको, हामीले लक्ष्यभन्दा राम्रो बिक्री भएको छ । साथै, हाम्रो निकै सशक्त बितरण प्रणाली भएकाले पनि हामीलाई टार्गेटअनुसार सेल गर्न समस्या छैन । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत अलग अलग डिपार्टमेन्टमा हरेकको दर्जनौ डिष्ट्रिब्युटरहरु छन् । सिजी प्लाजाहरु छन् महत्वपूर्ण लोकेशनहरुमा । दुई हजारभन्दा बढी आउटलेटहरु छन् । जसले गर्दा विश्वकप फुटबल जस्ता महत्वपूर्ण अवसरहरुमा हामीले लक्ष्यअनुसार प्रोडक्टहरु बिक्री गर्न सक्छौं ।

इलेक्ट्रोनिक प्रोडक्टमा आरएनडीले महत्वपूर्ण अर्थ राख्छ । सिजीको आरएनडी चाहीं कस्तो छ ?
रिसर्च एण्ड डेभलपमेन्टमा हाम्रो निकै धेरै फोकस छ । किनभने प्रोडक्टको क्वालिटी र प्रोडक्टको सोर्सिङ महत्वपूर्ण कुरा हुन । हाम्रो आरएनडी यहीं छ । दक्ष जनशक्ति छ । त्यसबाहेक हाम्रो आरएनडी टिम चीनमा पनि छ । कुनै पनि प्रोडक्टमा आरएनडी, त्यसको क्वालिटी, सर्भिससँगै त्यसको क्रेडिविलिटीले पनि ठूलो अर्थ राख्दछ । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको क्रेडिविलिटी नेपालमा मात्रै होइन विदेशमा पनि राम्रो रहेकाले उपभोक्ताले हाम्रा प्रोडक्टहरुलाई ट्रष्ट गर्छ । चौधरी ग्रुपको धेरै बेनेफिसट सिजीका प्रोडक्टहरुलाई मिल्छ ।

Advertisement

Advertisement

Advertisement