कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्डमा पैदल यात्रुलाई सास्ती

Advertisement

काठमाडौंः चिनियाँ सहयोगमा निर्माण भइरहेको चक्रपथको निर्माण कार्य अन्तिम चरणमा पुगिसके पनि आकाशे पुलको निर्माणमा ढिलाइ हुँदा पैदल यात्रुलाई बाटो काट्न डेढ किलोमिटर सम्म हिड्नुपर्ने समस्या छ ।

चीन सरकारको अनुदानमा बनिरहेको आठ लेनको यो सडकमा पर्याप्त मात्रमा आकाशे पुल र जेब्रा क्रस नहुँदा पैदल यात्रुलाई निकैनै समस्या परेको छ । यो सडकको हरेक तीन किलोमिटरको दुरीमा एक–एक वटा गरी १० किमिको सडकमा जम्मा तीनवटा मात्र आकाशे पुलहरु रहेका छन् ।

यो सडक नेपाल सरकारलाई हस्तान्तरण भएपछि थप सात वटा आकाशेपुल बनाउने सडक विभागको योजना रहेको छ । सडक निर्माण भएर प्रयोगमा आउन थालिसकेकाले पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती भइरहेको आयोजनाका प्रमुख प्रकाश भण्डारीले बताए । चिनियाँ कम्पनीले आगामी पुससम्म सडक हस्तान्तरण गरीसक्ने र त्यतीबेला सम्म सडक विभागले थप सातवटा आकाशेपुल बनाएर सञ्चालन गरिकक्नेगरी काम भइरहेको भण्डारीले बताए ।

सडक विभागले बनाउने थप सात वटा आकाशे पुल बनेपछि भने पैदल यात्रुले बढीमा पाँच सय मिटर मात्र हिडेर पुल सम्म मग्न सकिने छ । यो सडक ५० किमि प्रति घण्टाको गतमा सवारी कुद्न सक्ने गरी बनाइएको छ । सडक निर्माण सम्पन्न भएपछि ट्राफिक नियम पालनामा कडाइ गरिने तथा गति नियन्त्रण गरिने उल्लेख छ ।

आठ लेनको यो सडकको केन्द्रबाट दुबैतर्फ २५ मिटर चौडाइ रहेको छ । दुवै तर्फ सर्भिस ट्रयाक र फुटपाथका लागि थप ११–११ मिटरको क्षेत्र रहेको छ ।

यो सडक निर्माणपछि मोनोरेल सञ्चालन गर्न सकिने गरी निर्माण भएको छ । हाल काठमाडौं महानगरले काठमाडौं चक्रपथमा मोनोरेल निर्माण गर्ने विषयमा आश्यक अध्ययन अगाडि बढाइरहेको छ । यो अध्ययनपछि नयाँ बनेको चिनियाँ लगानीको चक्रपथको बीचबाट नभएर सर्भिस ट्रयाकबाट भने मोनेरेल चलाउन सकिने आयोजना प्रमुख प्रकाश भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement