मोबाइल टुटफुट भएमा वा हराएमा ‘मेरो सुरक्षा’ले नयाँ मोबाइल दिने

Advertisement

काठमाडौं । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्ट फोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाले जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन् ।

साथै, कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउने जनाइएको छ । कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिकरुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए ।

उनले भने, ‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो ।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको पाँच प्रतिशत रकम वार्षिकरुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आइपेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने छ ।
यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको सात दिनभित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement