चौतर्फी दबाबपछि सरकार केसी पक्षसँग वार्ता गर्न तयार, दोस्रो चरणको वार्ता जारी

Advertisement

काठमाडौं । सरकारी वार्ता टोली र डा. गोविन्द केसीबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । सरकारले गठन गरेको वार्ता टोलीसँगको यो दोस्रो बैठक हो ।

जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न चौतर्फी दबाब बढेपछि सरकार केसी पक्षसँग वार्ता गर्न तयार हुँदै वार्ता टोली गठन गरेको हो । सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि अहिले दोस्रो चरणको वार्ता जारी छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । पहिलो वार्तामा केसी पक्षले चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गरेका थिए भने सरकारी पक्षले केसीलाई काठमाडौं ल्याउनुपर्ने लडान लिएका थिए ।

सरकारी पक्षले विधेयक फिर्ता लिने विषयमा शिक्षा मन्त्रीसँग छलफल गरेर मात्रै निर्णय गर्नसक्ने भनेपछि सोमबार वार्ता स्थगित भएको थियो । केसी पक्षका डा अभिषेक सिंहका अनुसार यसअघिको चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै पारित हुनुपर्ने, संशोधन गर्न नपाइने केसी पक्षको अडानप्रति सरकारी पक्ष सहमति हुन सकेन ।

चिकित्सा शिक्षा विद्ययक संशोधनसहित संसदमा दर्ता भएपछि त्यसको विरोधमा डो केसी विगत १७ दिनदेखि जुम्लामा अनशन गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement