दूरसञ्चार दस्तुर १३ प्रतिशतले बढ्दा टेलिफोनदेखि इन्टरनेटसम्म महँगियो

Advertisement

काठमाडौंः नयाँ आर्थिक बर्ष साउन १ गतेदेखि लागू हुने गरी सरकारले दूरसञ्चार सेवा दस्तुर शीर्षकमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेपछि यो सेवा महंगो हुने भएको छ ।

यससँगै इन्टरनेट ग्राहकले आफ्नो सेवा प्रदायक (आईएसपी) मार्फत सरकारलाई १३ प्रतिशत दस्तुर बुझाउनुपर्नेछ । यस्तो दस्तुर भ्वाइस कलमा पनि लागु हुनेछ ।

आर्थिक बर्ष २०७५/०७६ को आर्थिक विधेयकमा टेलिफोन, मोवाइल, इन्टरनेटजस्ता दुरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दुरसञ्चार सेवा दस्तुर वापत असुल उपर गर्नुपर्ने छ ।

Advertisement

Advertisement

Advertisement