नेप्सेमा आजदेखि अनलाइन कारोबार शुरु

Advertisement

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आजदेखि अनलाइन कारोबार शुरु भएको छ । नेप्सेमा यस अघि कारेबार भइरहेको प्रणाली कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम (सीटीएस) र नयाँ प्रणाली नेप्से अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) को परीक्षण समानान्तर रुपमा सञ्चालनमा आएको नेप्सेले जनाएको छ ।

पूर्वाधार तयार गरेका सेयर ब्रोकरहरुले लगानीकर्तालाई युजर नेम प्रदान गर्नेछन् । युजर नेम र पासवर्ड प्राप्त गर्नका लागि लगानीकर्ताले केवाईसी अद्यावधिक गर्नुपर्ने भएको छ । केवाईसी अद्यावधिक गर्दा इमेल र मोबाइल नम्बर अनिवार्य रुपमा उल्लेख गनुपर्ने नेप्सेले जनाएको छ ।

फुल्ली अटोनमाइज्ड अनलाइन ट्रेडिङ सस्टिम औपचारिक कार्यान्वयनमा ल्याउनु अघि युजर एसेप्टेन्स टेस्ट (युटीए) गर्न तेस्रो पक्षलाई छनोट गेरेको नेप्सेले जनाएको छ ।

कम्पनीले कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम (सीटीएस) र नेप्से अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस)को समानान्तर रुपमा सञ्चालनको क्रममा नेप्सेको बिड डकुमेन्टमा उल्लेख भएअनुसार टेक्निकल स्पेसिफिकेसन र सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन प्रणाली विकास भए नभएको लगायतका विषयमा चेकजाँच गरी आईएसओ सर्टिफिकेट समेत प्रदान गर्ने जनाइएको छ ।

कम्पनीबाट नेप्से अनलाइन ट्रेडिङ सिस्टम–ट्रेड म्यानेजमेन्ट सस्टिम औपचारिक कारोबारका लागि योग्य छ भन्ने सिफारिस प्राप्त भएपछि नियमक निकायको स्वीकृति लिई नेप्सेले कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमलाई प्रतिस्थापन गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम–ट्रेड म्यानेजमेन्ट सिस्टमलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement