आर्थिक बर्षको शुभारम्भसँगै अनलाइन प्रणाली सञ्चालनमा ल्याएको दिन सेयर बजारमा गिरावट

Advertisement

काठमाडौं । नयाँ आर्थिक बर्ष शुभारम्भ भएको र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारलाई अनलाइनमा लैजान नयाँ प्रणाली सञ्चालनमा ल्याएकै दिन सेयर बजार परिसुचक नेप्से आठ अंकले घटेर एक हजार २०४ अंकमा आइपुगेको छ ।

परीक्षणको रुपमा नेप्सेले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको दिन सेयर बजारमा निकै सुधार आउने बिहान आशा गरिए पनि नेप्से भने एकल अंकले घटेको छ । सेयर कारोबार पनि सोमबारभन्दा आज घटेर २० करोड रुपियाँमा मात्रै सीमित भएको छ । स्वचालित अनलाइन प्रणाली परीक्षण गर्ने क्रममा अन्योलता रहँदा आज खासै धेरै कारोबार हुन नसकेको हो ।

सेयर कारोबार घटेकै दिन नविल बैंक एक्लैको पाँच करोड ८० लाख रुपियाँभन्दा बढि कारोबार भएको छ । बाँकी कम्पनीको कारोबार लाखमा मात्रै छ । आज व्यापार, वित्त र अन्यबाहेक सबै समूहको उपसुचक ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement