स्मार्टडोकोको ‘डोको झमझम अफर’, मनसुनमा ५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । अनलाइन सपिङ साइट स्मार्टडोकोले यही जुलाई १६ देखि २६ सम्म विभिन्न सामग्रीहरुमा ५० प्रतिशतसम्मको छुट अफर सञ्चालन गरेको छ । स्मार्टडोकोले मनसुनको आगमनसँगै सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामग्रीहरुमा ५० प्रतिशतसम्मको छुटसहितको ‘डोको झमझम अफर’ अभियान सञ्चालन गरेको हो ।

स्मार्टडोकोले रिङरोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजेभन्दा अगाडी अडर गरिएका सामानहरु त्यही दिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

यो अफरले बर्षायाममा अत्यावश्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामग्रीहरुमा उच्च छुटको व्यवस्था गरिएको छ । मनसुनको अफरसँगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठूला ब्राण्डका सामानहरुमा भारी छुट दिने भन्दै स्मार्टडोकोले आफ्ना १८ विभिन्न उत्पादन र उपउत्पादनहरुः मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामग्री, घरपालुवा जनावरका सामग्री, खानेकुरा, पेय पदार्थ इत्यादि रहेको जनाएको छ । स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दाङ, नेपालगञ्ज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement