एनआइसी एसियाकोे मिस्ड कल बैंकिङ सेवा, कुन नम्बरमा मिस्डकल गर्दा के जानकारी हुन्छ ? हेर्नुहोस

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले साउन १ गतेबाट मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको भन्दै सोही क्रममा यो सेवा सुरु गरेको जनाएको छ ।

यो सेवाको सुरुवातसँगै अब बैंकका ग्राहकहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नुहुनेछ ।

१. ब्यालेन्स जानकारीः मोबाइल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिने ।

२. मिनी स्टेटमेन्ट जानकारीः मोबाइल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएसमार्फत प्राप्तगर्न सकिने ।

३. कलब्याक सेवाः मोबाइल नं– ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याकमार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

एनआइसी एसियाले मुलुकभर २३१ शाखा कार्यालय, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार एक खर्ब ७६ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब एक खर्ब १९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल एनआइसी एसियाको ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement