नेप्से १२ सय अंकबाट फेरि ओर्लियो, जम्मा १७ करोडको कारोबार, नविल एक्लैको अढाई करोड

Advertisement

काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से पाँच दशमलव ५४ अंकले घटेर एक हजार १९८ दशमलव ७७ अंक कायम भएको छ ।

त्यस्तै, कारोबार जम्मा १७ करोड ५३ लाखमा सीमित भएको छ । बजार खुलेको झण्डै दुई घण्टापछि मात्रै नेप्सेको वेभसाइट सञ्चालनमा आउँदा लगानीकर्ताहरुबीच अन्योलता सिर्जना भई कारोबार प्रभावित भएको थियो ।

आज जम्मा १३९ कम्पनीले सेयर कारोबार गरेका छन् । धेरै नाफा गर्ने नेशनल हाइड्रोपावर कम्पनीले जम्मा चार दशमलव ७१ प्रतिशत नाफा गरेको छ भने सबैभन्दा धेरै घाटा सहने नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर छ दशमलव ६६ प्रतिशतले घटेको छ ।

नेप्सेले नयाँ अनलाइन प्रणालीको परीक्षण सञ्चालन ल्याएसँगै सेयर बजारमा सुधार आउने आशा गरिए पनि त्यसो हुन सकेको छैन । समूहगत कारोबार हेर्दा वित्त समूहमा सामान्य सुधार भए पनि बाँकी समूह सबै ओरालो लागेका छन् ।

Advertisement

Advertisement

Advertisement