देवः विकास बैंक १३औं बर्षमा, रक्तदानदेखि उपभोक्ता समितिलाई फोटोकपी मेशिन प्रदान

Advertisement

काठमाडौं । देवः विकास बैंक १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार आफ्नो कर्पोरेट कार्यालय दरबारमार्गमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एशोसियशन, काठमाडौंको सहकार्यमा सम्पन्न कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेको बैठकले जनाएको छ । रक्तदानमा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागिता रहेको थियो ।

बैंकले यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि गर्ने जनाएको छ । यसैगरी, सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिनुका साथै मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुलाई फलपूmल वितरण गरिएको थियो ।

बार्षिकोत्सवकै अवसरमा नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान फोटोकपी मेशीन र स्क्यानर मेशीन गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement