बंगलादेशसँग पीटीए भए अन्तरदेशीय प्रसारणलाइन निर्माणमा सहयोग गछौंः विश्व बैंक

Advertisement

काठमाडौं । विश्व बैंकले बंगलादेशसँग नेपालको विद्युत व्यापार सम्झौता (पीटीए) भए अन्तरदेशीय प्रसारणलाइन निर्माणको लागि सहयोग गर्न तयार रहेको सरकारलाई जनाउ दिएको छ ।

उर्जामन्त्री जनार्दन शर्मासँग बुधबार भएको भेटमा विश्व बैंक नेपालका आवासीय निर्देशक कुइमिओ फानले बंगलादेशसँग पीपीए भने दुई देशबीच विद्युत व्यापारका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माणमा सहयोग गर्न विश्व बैंक तयार रहेको जनाउ दिएका हुन । फानले माथिल्लो अरुणमा पनि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

मन्त्री पुनले तीन हजार पाँच सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको बताउँदै त्यसका लागी १६ वटा आयोजनाको छनौट समेत भइसकेको जानकारी दिए । उनले उर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको बताए । पुनले सङखुवासभामा अध्ययन भइरहकेो माथिल्लो अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे बताए ।

उनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा संचालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनको लागी सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गिररहेको जानकारी दिँदै जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानको लागी सरकारले योजना निर्माण गरिसकेकोले भविष्यमा समस्या नआउने बताए ।

मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरे । उनले भने, ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस, हामी क्षेत्रीय बजार मात्र होइन, उर्जा व्यापारका लागी हामी देशभित्रै पनि बजार बनाउँछौ ।’ पुनले छिट्टै बङगलादेशसँग पनि उर्जा कोअपेरशनमा हस्ताक्षर गर्ने सरकारको तयारी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement