टाटाको ‘एस स्पेसियल एप्लिकेसन’ नेपालमा

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ‘एस स्पेसियल एप्लिकेसन’ को उद्घाटन गरेको छ । सिप्रदीले ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नाराकासाथ टाटा एस स्पेसियल एप्लिकेसनको औपचारीक उद्घाटन गरेको हो ।

कम्पनीले बिहिबार उक्त एप्लिकेसनको उद्घाटन गरेको हो । टाटा एसको एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्कईलिफ्ट एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरी पाँच वटा विशेष एप्लिकेसनको उपयोगिताको प्रदर्शन पनि गरिएको थियो ।

एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापनलाई सहज बनाउने कम्पनीले जनाएको छ । त्यसैगरी एस स्किप लोडरले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घरको फोहोर संकलन तथा व्यवस्थापन गर्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै स्काईलिफ्टले उचाइमा गर्नु पर्ने काहरुलाई डबलबुमको सहायताले सहज बनाउने विश्वार गरिएको छ । कुरियर तथा अन्य सामाग्रीलाई आधिकारीक ठाउँमा पुर्याउन एस कन्टेनरले उपयोगी हुने र एस र्फ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नुपर्ने सामानहरुको ओसार पसारका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यावसायमा काम गर्ने नेपालको प्रसिद्ध ब्राण्डहरु मध्येको एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३७ करोड रुपियाँ भन्दा बढी रहेको छ । सिप्रदी अटोमावाइल, ऊर्जा, लुव्रिकेन्ट वित्तीय सेवा र उपकरणको व्यावसायमा आवद्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement