आजदेखि भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १२औँ शैक्षिक मेला बिहिबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

मेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरे । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ ।

Advertisement

Advertisement

Advertisement