गुरुपूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै, कुन राशीमा कस्तो प्रभाव पर्नेछ ? हेर्नुहोस्

Advertisement

[caption id="attachment_46655" align="alignleft" width="150"]diwakar-panta लेखक[/caption] यही २०७५ साउन ११ गते शुक्रवार पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने छ । यस दिन अन्य पूर्णिमा तिथि जस्तो नभई गुरुपूर्णिमा समेत परेको छ र सोही दिन चन्द्र ग्रहण समेत लाग्ने भएको छ । चन्द्र ग्रहण सूर्य, पृथ्वी र चन्द्रमाको विशेष परिस्थितिबाट उत्पन्न हुन्छ । खग्रास चन्दग्रह हुने भएकाले चन्द्रमा पृथ्वीबाट पूर्ण रुपमा ढाकिने छ जसका कारण सो अवधिमा चन्द्रमा कालो देखिन पुग्ने छ । यो अवधि नै खग्रास ग्रहण लाग्ने अवधि हो । खण्डग्रास चन्द्र ग्रहणका बेला भने पृथ्वीले चन्द्रमाको निश्चित भाग मात्र छेक्ने गर्दछ । तर खग्रासमा भने पूर्ण रुपमा चन्द्रमा कालो देखिन्छ ।

Advertisement

यस्तो हुनेछ चन्द्र ग्रहण २०७५ साउन ११ गते शुक्रवार आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिका दिन यस ग्रहण लाग्ने छ । ११ गतेको मध्यरात यो ग्रहण लाग्ने छ । मध्यरातको १२.९ मा ग्रहणको स्पर्श हुने छ । राति १.१५ मा सम्मिलन हुने छ । त्यसैगरी राति २.८ मा मध्य हुने छ । राति २.५९ मा उन्मिलन हुने छ । राति ४.६ मा मोक्ष यानेकी ग्रहण समाप्त हुने छ ।
यसरी हेर्दा यस पटकको खग्रास चन्द्र ग्रहणको समय अलि लामो रहने छ । ग्रहणको अवधि ३ घण्टा ५७ मिनेटको हुने छ ।
यस ग्रहणको राशिमा प्रभाव साउन ११ गते शुक्रवार लाग्ने खग्रास चन्द्र ग्रहणको राशि अनुसार असर निम्नानुसार हुनेछ । मेष – सुख प्राप्ती हुने छ । सुखद् परिस्थिति प्राप्ति हुन सक्ने छ । वृष – मान नाश हुने छ । मान मर्यादामा कमि आउने छ । मिथुन – कष्ट दिने छ । यस ग्रहणले मिथुन राशिका मानिसहरुमा कष्ट पुर्याउने छ । कर्कट – स्त्री पीडा हुने छ । यस राशिमा स्त्री पीडाको अवस्था सृजना गर्ने छ । सिंह – सुखको अवस्था हुने छ । सुख प्राप्ति हुने छ । अर्थात सुखद समाचार प्राप्त हुन सक्छ । कन्या – चिन्ता थपि दिने छ । चिन्ताको वातावरण निम्तिने छ । तुला – अनावश्यक व्यथाको अवस्था आउन सक्छ । पीडाहरु थपिन सक्छ । वृश्चिक – यस राशिका लागि भने मान अर्थात प्रतिष्ठा आर्जन हुने छ । श्री प्राप्ती हुने छ । धनु – क्षति हुने छ । धन, प्रतिष्ठा र आर्जनमा क्षति हुन सक्ने छ । मकर – आफना परिवार, आफन्त र नजिककाबाट घात हुन सक्छ । उनीहरुको घातबाट नोक्सानी व्योहर्नु पर्ने छ । यस राशिका व्यक्तिहरुलाई अति कष्ट दिने छ । कुम्भ – व्यय यानेकी खर्च बढाउने छ । अनावश्यक खर्चको अवस्था निम्तिन्छ । खर्च नगरि नहुने अवस्था सृजना हुन्छ । मीन – लाभ प्राप्ती हुने छ । रोकिएका आर्जनको प्राप्ती खुल्ने छ ।ग्रहणका बेला के नगर्ने ? सूर्य, पृथ्वी र चन्द्रमा जस्ता ठुला ग्रह आफनो गतिमा रहेका बेला उत्पन्न हुने परिस्थितिबाट ग्रहण लाग्ने हुन्छ । र सो ग्रहणबाट पृथ्वीमा रहने मानिस प्रभावित हुन्छ । ग्रहणका बेला उत्पन्न हुने विकिरणले मानिसलाई प्रत्यक्ष रुपमा असर पार्ने हुन्छ । चन्द्रग्रहण भएकाले यसको सिधा सम्बन्ध व्यक्तिको मनमा समेत पर्ने हुन्छ । त्यसकारण ग्रहणका बेला केही विषयमा सतर्क हुनै पर्दछ ।त्यसकारण यस अवस्थामा निश्चित कार्य गर्न बर्जित गरेर त्यसलाई सर्वसाधारणले अनुशरण गरुन भन्ने उद्देश्यले पूर्विय दर्शनका ऋषिमुनी विद्धानहरुले यसलाई धर्मसंग जोडेको देखिन्छ । अर्थात धार्मिक विश्वास सहित अबलम्बन गर्नकालागि उत्प्रेरित गरेको हुन सक्छ । तर ग्रहणका बेला निश्चित निश्चित विषय नगर्नु भन्ने मान्यता भित्र वैज्ञानिक कारण रहेको स्पष्ट छ ।यस भित्रको वैज्ञानिक असरलाई आँकलन गर्दै यसको नकारात्मक असरबाट आमसर्वसाधारण बचुन भन्ने हेतुले ऋषिमुनीहरुले यस्तो व्यवस्था गरेका हुन । यसलाई आतमासाथ गर्ने वा नगर्ने व्यक्तिको निर्णयको कुरा हो । तर कतिपयले ग्रहणका बेला गर्न मिल्ने नमिल्ने भनि व्यवस्थालाई हाँसो ठट्टाका रुपमा उडाउने गरेको पनि देखिन्छ । तर यसको वैज्ञानिक मर्मलाई हेर्दै नहेरी त्यसो गर्नु कति हदसम्म ठिक हो त्यसमा भने एक पटक घोत्लिनु ठिक होला । तथापी ग्रहणका बेला बर्जित विषय गरेर पछि दुःख पाउनु भन्दा यसको पालना विश्वासका साथ गर्नु नै वाञ्छनीय होला ।संभोग यानेकी यौन सम्पर्क गर्भाधानको उद्देश्य यानेकी सन्तोत्पादनको इच्छा सहित गरिने सहवासलाई नै हाम्रो शास्त्रहरुले पवित्र मानेको छ । यसलाई मनोरञ्जन र व्यवसायिकताका लागि गरिने संभोगलाई अपवत्रि र त्यसले समस्या ल्याउने भनि निश्चित गरेको छ ।हो ग्रहणका बेला यौन कार्यमा संलग्न अर्थात संभोग गर्न पूर्ण रुपमा बर्जित गरिएको छ । संभोग केवल दुइ विपरित लिंगीको शारीरिक मिलन र सन्तुष्टि मात्र होईन मानसिक अवस्थाको सहभागिता पनि हो । ग्रहणका बेला उत्पन्न हुने विकिरणहरुले व्यक्तिको मानसिक पक्षमा असर पुर्याई रहेको हुन्छ त्यस्तो अवस्थामा सहवास गर्नु शुभ हुँदैन ।त्यस बेलाको उत्पन्न विभिन्न नकारात्मक किरणहरु पृथ्वीमा संचार हुने हुँदा त्यसबेला गरिने संभोग नकारात्मक नतिजा दिने खालेको हुन्छ । यस चन्द्रग्रहण रातिका बेला हुने भएकाले पनि त्यस रातमा संयमतापूर्वक रहेर संभोग नगर्नु उपयुक्त हुने छ ।गर्भाधान गर्नै नहुने भौतिक विज्ञानले अल्ट्रासाउण्डबाट गर्भवती महिलाको गर्भमा स्त्री वा पुरुष रहेको छुट्याउन सक्छ । गर्भको वच्चाको भौतिक अवस्था कस्तो छ ? हेर्न सक्छ । तर मानसिक अवस्था हेर्न सक्दैन । विकलाङ्गपन हेर्न सक्दैन ।हो, गर्भमा रहने बच्चाको शारीरिक र मानसिक अवस्था निर्धारणमा धेरै प्रत्यक्ष र अप्रत्यक्ष विषयले भुमिका खेलेको हुन्छ । तसर्थ स्वस्थ बच्चा जन्माउनका लागि श्रीमान र श्रीमती दुवै उच्चतम अवस्थाबाट तयार रही सम्भोगमा सहभागि हुन जरुरी छ ।त्यसैले यस बेला गर्भ रहन गएमा गर्भमा रहने शिशु शारीरिक र मानसिक रुपमा अस्वस्थ रहन पुग्दछ । विकलाङ्ग हुने डर हुन्छ । तसर्थ स्वस्थ शिशुको जन्मका लागि ग्रहणका बेला गर्भाधान हुन हुँदै हुँदैन । त्यति मात्र होईन ग्रहणका बेला गर्भ रहन गएमा गर्भिणी स्त्रीको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने हुन्छ ।ग्रहणका बेला गर्भ रहेमा उक्त गर्भ तुहिन सक्ने, विकलाङ्ग बच्चा जन्मन सक्ने, मानसिक अवस्था ठिक नहुने, त्यस्तो बच्चा जन्मने बेला माता र बच्चा दुवैको जोखिम रहने जस्ता खतराहरु उत्पन्न हुन सक्छ । त्यसैले ग्रहणका बेला गर्भाधान गर्नै हुँदैन ।स्नान र खाना पञ्च तत्व मध्येको एक जलमा केही विकिरणलाई रोक्न सक्ने वा निष्तेज पार्न सक्ने क्षमता रहेको हुन्छ । त्यसैले ग्रहण अघि र ग्रहण पछि नुहाउन भनिएको हो । नुहाउँदा ग्रहणका बेला उत्पन्न हुने विकिरणले केही प्रभाव पारेको छ भने निष्तेज हुन पुग्दछ ।तसर्थ ग्रहणको समयमा उत्पन्न हुने विकिरणको असर कम गर्न पानीसंगको स्पर्श उपयुक्त हुने भएकाले स्नानलाई महत्व दिईएको हो । सामान्य नियम अनुसार ग्रहण शूरु हुनु पूर्व र ग्रहण सकिएपछि पनि स्नान गर्नु पर्ने हुन्छ । सम्भव भएमा दुइ पटक स्नान गर्दा राम्रो अन्यथा ब्यवहारिक कठिनाई देखिएमा र स्नान गर्न कठिन हुने अवस्था भएमा मुख धुने, शिर यानेकी कपालमा पानी लगाउने, हात खुट्टा धुने, कुल्ला गर्ने जस्ता कार्य भने गर्नु पर्दछ ।सामान्यतया ग्रहण लाग्ने दिन निश्चित समयदेखि निश्चित समयसम्म औसत मानिसले खाना नखान सुझाउने गरिन्छ । यस अवधिमा विकिरणहरु आउने हुँदा ब्यक्तिले खाने खानामा समेत त्यसको प्रभाव पर्ने र त्यसले ब्यक्तिमा दीर्घकालसम्म नराम्रो असर पु¥याउने भएकाले खाना नखान भनिएको हो ।साउन ११ गतेको खग्रास चन्द्रग्रहणमा यस दिनको दिउँसो ३ बजे पछाडिदेखि ग्रहण नसकिंदासम्म भोजन नगर्नु ठिक हुने छ । यस समयमा बालक, बृद्धवृद्धा, रोगी, अशक्त, गर्भवति, आतुर आदीलाई भने आवश्यकता अनुसार खाना खान हुनेछ । तर यस दिन मांस भोजन, मदिरा सेवन तथा अन्य तामसी भोजन गर्न भने हुँदैन । सात्विक भोजन गर्दा शुभ रहने छ ।नयाँ कार्यको शुरुवात कुनै पनि पूर्वनिर्धारित कार्य ग्रहणका बेला शूरुवात नगर्दा ठिक हुने छ । खासगरी यात्रा, गृहारम्भ, गृह प्रवेश, विवाह, अक्षरारम्भ, ब्यापार ब्यवसायको थालनी, विवाह आदी ग्रहण लाग्ने दिन नगर्दा उत्तम हुन्छ ।यसको अर्थ ग्रहण लाग्ने दिन कुनै पनि काम नगरि शिथिल भएर बस्ने भन्ने शास्त्रीय मान्यता कदापी होइन । ग्रहण लागेका दिन नगरि नहुने अत्यावश्यक काम निरन्तर गर्न हुन्छ । साथै नियमित रुपमा गरिने दैनिक कार्य गर्न पनि हुन्छ । तर तपाई कुनै पनि नयाँ काम थालनी गर्न चाहनु हुन्छ भने त्यस दिन नगरि अर्काे दिन गर्दा उत्तम हुने छ । नगरि नहुने कार्य भने गर्न सकिने छ ।ग्रहण खगोलीय ग्रहहरुको विशेष अवस्थाबाट सृजना हुने परिस्थिति हो, जुन kiसामान्य अवस्थाभन्दा भिन्न हुन्छ । पृथ्वीमा बसोवास गर्ने मानिसलाई पृथ्वीमा घट्ने घटनाक्रमबाट मात्र असर पर्ने नभई खगोलीय ग्रहहरुको अवस्थाबाट पनि असर पर्दछ । ग्रहणको अवस्था पन सोही अवस्था भएकाले यसलाई अबलम्बन गर्ने कार्यलाई अन्धविश्वास भनि उपेक्षा गर्न मिल्दैन । ग्रहणका बेला अपनाउनुपर्ने सावधानी केवल मनगणन्ते कुरा नभई वैज्ञानिक आधार नै भएकाले आधुनिक भनिएको यस समयमा पनि यसको सान्दर्भिकता हराएको भने छैन । यससँग जोडिएका कतिपय अन्धविश्वास भने अन्धविश्वास नै हुन, जसको अवलम्बन गर्न आवश्यक छैन ।

(पन्त, नेपाल ज्योतिष परिषदका पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement