पूराना फुटबल खेलाडीहरुलाई एलजीको सम्मान, विश्वकपलक्षित उपहार योजनाको विजेता घोषणा

Advertisement

काठमाडौं । लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले पूराना फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । विश्वकफ फुटबलको अवसर पारेर एलजीले नेपालको फुटबल इतिहासमा योगदान दिएका खेलाडीहरुलाई सम्मान गरेको हो ।

एलजीको मिनभवनस्थित शोरुममा बिहीबार आयोजित कार्यक्रममा एलजीले कुनै समय नेपालको फुटवल क्षेत्रमा निकै चर्चामा रहेका राजु शाक्य, वाइबी घले, श्रीराम रञ्जितकार, विदुर विष्टलाई सम्मान गरेको हो । शाक्यसहित पूर्व खेलाडीहरुले पूरानालाई सबैले बिर्सिंदै गएको बेला एलजीले आफूहरुलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनीहरुले आफ्ना विगतका अनुभव पनि सुनाएका थिए । एलजीको विश्वकप फुटबललक्षित अभियानमा समेत पूर्व उनीहरु सहभागी भएका थिए । नेपालको फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले शाक्य, रञ्जितकार, घले र विष्टलाई सम्मान गरेको जनाएको छ ।

एलजीले विश्वकप फुटवल सुरु हुनुअघि उनीहरुलाई सहभागी गर्दै ‘एलजी स्यालुट्स मास्टर अफ फुटबल क्याम्पियन’ नामक अभियान सुरु गरेको थियो । यस अभियानका क्रममा देशका विभिन्न स्थानमा रहेका एलजीका शोरुमहरुमा पूर्व खेलाडीहरुसमेत सहभागी भई अन्तरक्रिया गर्नुका साथै सँगै बसेर फुटबल खेल हेरेका थिए ।

आजकै कार्यक्रममा विश्वकप फुटबल लक्षित उपहार योजनाका पछिल्ला दुई साताका साप्ताहिक विजेताहरुको घोषणा गरिएको थियो । कुल चार जनामध्ये दुई जनाको घोषणा यसअघि भइसकेको छ । आजको विजेताहरुमा पोखराका जयप्रकाश सापकोटा र अर्का एक रहेका छन् । उनीहरुले ४३ इन्चको एलजी टिभी उपहार पाउने छन् ।

cg-football_campaign1

Advertisement

Advertisement

Advertisement