जुम्लामा अनशन बसिरहेका डा केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Advertisement

काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। जुम्लामा २० दिनदेखि अनशनरत केसीलार्इ विहीबार साँझ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

डा. केसीको अवस्था नाजुक हुँदै गएसँगै उनको जीवन रक्षा र केसीले उठाएका मुद्दाहरुलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब बढेको बेला सरकारले केसीलाई काठमाडौं ल्याएको हो । उनलाई ल्याएको सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरेको थियो । त्यहाँबाट सेनाकै एम्बुलेन्सबाट केसीलाई वीर अस्पताल लगिएको छ । त्यहाँबाट केही बेरपछि सेनाकै एम्बुलेन्समा हालेर उनलाई शिक्षण अस्पताल लगिएको हो ।

टिचिङ अस्पतालमा केसीलार्इ गणेशमान सिंह भवनमा राखिएको छ । यो भवनमा आइसियु नरहेको चिकित्सकले बताएका छन् । यसअघि आइसियुको एक र दुर्इ नम्बरमा केसीलार्इ राख्ने भनिएको थियो ।

Advertisement

Advertisement

Advertisement