६६ वर्ष पछि किन काटे ३१ फीट लामो नङ ?

Advertisement

एजेन्सी । भारतका ८२ वर्षिय श्रीधर चिल्लालले दुनियामा सबैभन्दा लामो नङको रेकर्ड बनाएर नङ काटेका छन् । श्रीधरले लगभग ६६ बर्ष पछि आफ्नो नङ काटेका हुन् ।

श्रीधरको नङ काट्नका लागि न्युयोर्कस्थित ‘रिप्लिज बिलिभ इट अर नट’ म्युजियममा कार्यक्रमको आयोजना गरिएको थियो जहाँ श्रीधरले नङ काटेका थिए । श्रधिरले आफ्नो काटेको नङ म्युजियममा राख्ने मन भएको बताएका थिए । यसैकारण उनको नङ न्युयोर्कको रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ ।

श्रीधरको काटेको नङको लम्माई ३१ फीट भन्दा लामो रहेको न्युयोर्कको रिप्लिज बिलिभ इट अर नट म्युजियमले जनाएको छ । रिपोर्टका अनुसार लामो समयसम्म नङ नकाटेका कारण उनको नङ लामो र कडा भएको थियो जसले गर्दा नङ काट्नका लागि फलाम काट्ने मेसनिको प्रयोग गरीएको थियो । श्रीधर अहिले आफ्नो हात ठिक संग खोल्न र औलाहरु राम्रो संग हलाउन सक्दैनन् ।

सन् २००६ मा लामो नङका कारण उनको नाम ‘गिनिज बुक अफ वर्लड रेकर्ड’ मा दर्ता भएको थियो ।

Advertisement

Advertisement

Advertisement