युनियन हाईड्रोपावरको आइपीओ साउन १४ देखि

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले यही साउन १४ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङ र कास्किको विभिन्न स्थान तथा सम्पूर्ण आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता एक सय रुपियाँको दरमा आइपीओ निष्कासन गर्ने भएको हो । आइपीओमा न्युनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन गर्न सकिने जनाएको छ । स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आइपीओको लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा इनपि ५ प्रदान गरेको छ । जसले कम्पनीको कमजो आधार जनाउँछ । कम्पनीको आर्थिक वर्ष २०७३–७४ को प्रति सेयर नेटवर्थ २६ दशमलव ८७ रुपियाँ मात्र रहेको छ ।

गत माग १० गते देखि व्यापारीक उत्पादन सुरु गरेको युनियन हाइड्रो तीन मेगावाट विद्युत उत्पादन क्षमताको रहेको छ । यसको कुल लागत ६९ करोड ५० लाख ७७ हजार सात सय ४५ रुपियाँ रहेको छ ।

युनियन हाइड्रोपावरको जारी पुँजी ७५ करोड रुपियाँ रहेको छ । जस मध्ये आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशतले हुन आउने सात करोड ५० लाख रुपियाँको सेयर र बाँकिको ९० प्रतिशतले हुन आउने २९ करोड १२ लाख ५५ हजार रुपियाँको सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो । गत आर्थिक वर्षमा १३ करोड आठ लाख घाटा व्यहोरेको कम्पनीले यस आर्थिक वर्षमा भने एक ६५ लाखको मुनाफा गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement