सिटिजन्स बैंकले कमायो १ अर्ब ४० करोड मुनाफा

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड ८४ लाख रुपियाँ मुनाफा कमएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७३र७४ को तुलनामा गत आर्थिक वर्षमा ३० दशमलव २१ प्रतिशतले नाफा बढाएको हो ।

सिटिजन्स बैंकको चुक्ता पुँजी आठ अर्ब तीन करोड रुपियाँ रहेको छ । बैंकले गत आवसम्ममा ६१ अर्ब ८४ करोड रुपियाँ निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको हालसम्मको लगानी आठ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा दुई अर्ब ७६ करोड रुपियाँ छ ।

बैंकको खराब कर्जा अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ८७ प्रतिशत रहेको छ । बार्षिक ११ दशमलव ७८ को बेसरेट रहेको बैंकको औषत व्याजदर भने तीन दशमलव ८४ प्रतिशत रहेको छ ।

बैंकको रिटर्न अन इक्युटी (आरओइ) १३ दशमलव ९५ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी (इपीएस) १७ दशमलव ५३ रुपियाँ र प्रति सेयर नेटवर्थ एक सय ३४ दशमलव ४६ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement