बीमा समिति र ३९ बीमा कम्पनीको लगानीमा बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

Advertisement

काठमाडौं । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।

बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिए ।

जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पुर्याउने विश्वास लिइएको छ । सत्तरी वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

पछिल्लो समयमा बीमा क्षेत्रमा रु ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २.५ योगदान पुर्याएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement