गुलाफको सबैभन्दा ठूलो पिरामिड यस्तो छ

Advertisement

एजेन्सी । गुलाफबाट बनाइएको संसारको सबैभन्दा ठुलोे पिरामिड इक्वेडरको एक प्रदर्शनीमा देखाइएको छ । यो पिरामिड संसारमा पहिलो र सबैभन्दा ठुलो रहेको र विभिन्न रङका गुलाफका फुलबाट बनाइएको त्यहाँका कृषकहरुले बताएका छन् । उनीहरु विश्व कीर्तिमान राख्न चाहान्छन ।

‘गिनिज बुक अफ वल्ड रेकर्ड’ले पनि यसको अध्ययन गरिरहेको छ । यदि यो पुष्टी भएमा त्यसले आफ्नो देशको गुलाफप्रतिको विश्वमा ध्यान आकर्षण गराउने उनीहरुको आशा छ ।

गुलाफ एउटा सौन्दर्यको वस्तु मात्र नभएर इक्वेडरका किसानको आम्दानीको स्रोत पनि बनेको छ । प्रदर्शनीले व्यापार र कृषिको आम्दानी बढाउन मद्दत गर्ने इक्वेडरका अधिकारीहरु बताउँछन ।

Advertisement

Advertisement

Advertisement