‘जी सिने अवार्ड’ नेपालमा आयोजना हुँदै

Advertisement

एजेन्सी । बलिउड चलचित्र क्षेत्रको चर्चित ‘जी सिने अवार्ड ’ को संस्करण नेपालमा हुने भएको छ । केहि समयअघि प्रधानमन्त्री केपी ओलीको भारत भम्रणका क्रममा जी टिभिका संचालक तथा भारतीय राज्य सभाका सदस्य डा. सुभाश चन्द्रले नेपालमा बलिउडको चर्चित ‘जी सिने अवार्ड’ आयोजना गर्ने इच्छा भएको बताएका थिए ।

यहि आउदो नाभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको छ । यस अवार्डमा बलिउड कलाकार साथै नपाली कलाकारको पनि सहभागि हुनेछ । विश्वका विभिन्न देशमा आयोजना गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास छ ।

यस अवार्डमा भारत बगलादेश र नेपाल सहभागी हुने जनाइएको छ । डा. सुभास चन्द्रले यसै बर्ष देखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ को विधा थप्ने घोषणा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement