गैरआवासीय नेपाली संघले युरोपबाट एक अर्ब लगानी भित्राउने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औँ युरोपीय क्षेत्रीय बैठक तथा नवौं युरोपीय क्षेत्रीय महिला बैठक अर्को साता लक्जेम्बर्गमा हुने संघले जनाएको छ । यहि जुलाई २९ र ३० मा हुने यस बैठकको तयारी पूरा भएको संघले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

“युरोपीय एनआरएनको प्रतिवध्दताः नेपालमा पर्यटक, ज्ञान, सीप र लगानी” नारा दिइएको बैठक विशेषगरी नेपालमा पूँजीसहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने जनाइएको छ ।

यो बैठकमा संघको आउँदो विश्व सम्मेलनको पूर्वतयारीस्वरुप पनि आयोजना हुन लागेको भन्दै संघले साथै युरोप क्षेत्रबाट ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणका विषयमा हुनसक्ने योगदानको खोजी गरिने जनाएको छ । यूरोपबाट कम्तीमा पनि एक अर्बको लगानी नेपालमा भित्र्याउने सम्बन्धमा बैठक केन्द्रित रहने संघको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement