एनआइसी एसिया र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब एनआइसी एसियाका ग्राहकहरुले बैंकको २३२ वटै शाखाहरुबाट सहजरुपमा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । एनआइसी एसियाको २३२ शाखाबाहेक २२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १५ शाखारहित बैंकिङ इकाई रहेका छन् ।

Advertisement

Advertisement

Advertisement