सिरहामा एक हजार नयाँ उद्योग दर्ता

Advertisement

लहान । सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा उत्पादनमूलक उद्योग दुई सय ६०, सेवामूलक उद्योग पाँच सय ५४ र कृषि तथा वनजन्य उद्योग एक सय ९७ नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्षमा आठ सय ४२ नयाँ उद्योग दर्ता भएका थिए ।

जिल्लामा उत्पादन उद्योग एक हजार तीन सय ३८, कृषि तथा वनजन्य उद्योग छ सय ६१ र सेवा उद्योग दुई हजार सात सय ७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार सात सय ६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिइन् ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनले बताइन् । आर्थिक वर्ष २०७४÷७५ मा छ सय १२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आर्थिक वर्षमा नयाँ उद्योग दर्ताबाट ५१ लाख ५३ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।

Advertisement

Advertisement

Advertisement