सेयर बजारमा सुधारसँगै नेप्से १२ सय अंक नजिक, होटलबाहेक सबै समूहमा सुधार

Advertisement

काठमाडौं । लगातारजसो घट्दै आएको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से दोहोरो अंक (१२ दशमलव ८४)ले बढेर एक हजार १९४ दशमलव ५० कायम भएको छ ।

तर, कारोबार रकम भने बढनुको सट्टा झन घटेको छ । आइतबारभन्दा आज झण्डै तीन करोडले कारोबार घटेर १८ करोड ६५ लाखमा सीमित भएको छ । जसमा एक करोडभन्दा बढि कारोबार गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंक मात्रै छन् ।

समूहगत कारोबार हेर्दा होटल समूहबाहेक सबै समूहको उपसुचक बढेको छ । होटल समूहका कुनै पनि कम्पनीको आज सेयर किनबेच भएन । लघुवित्त र ननलाइफ इन्स्योरेन्स समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले बढेको छ ।

Advertisement

Advertisement

Advertisement