श्रीदेवीकी छोरी अभिनित ‘धडक’ले ४ दिनमा ६२ करोड कमायो

Advertisement

एजेन्सी । बलिउड फिल्म ‘धडक’ ले रिलीजको चौथो दिन ८ करोड रुपियाँ भन्दा बढी कलेक्शन गरेको छ । शशांक खेतानले निर्देशन गरेको फिल्म मजाले चल्ने बताइएको छ किनभने श्रीदेवी बोनी कपूरको छोरीको डेब्यू फिल्म भएका कारणले पनि सजिलै बक्स अफिसमा आफ्नो लगानी उठाउन सक्ने अनुमान गरिएको छ ।

दर्शकलाई ‘धडक’को कथा मन परेको सुनिएको छ । ट्रेड एनालिष्ट तरण आदर्शले चौथो दिन बक्स अफिसमा फिल्मको तथ्याङक देखाएका थिए । उनले भनेका छन्‘चौथो दिन फिल्मले आठ करोड ८३ लाख २ हजार रुपियाँ कमाई गरेको फिल्मको कूल बजेट एक सय १२ करोड रुपियाँ रहेकोमा ८८ करोड रुपियाँ निर्माणमा खर्च भएको थियो भने २४ करोड रुपियाँ प्रमोशनमा खर्चभएको बताएका छन् ।

यो फिल्म गत शुक्रबारबाट चलेको थियो । भारतमा फिल्मले पहिलो दिनमा नै तेह्र करोड ९३ लाख छ हजार रुपियाँ, दोस्रो दिन अठार करोड २४ लाख रुपियाँ, तेस्रो दिन बाइस करोड २७ लाख २ हजार रुपियाँ कमाई गरको थियो । अहिले सम्मको कुल कमाई बैसठ्ठी करोड ७ लाख ४ हजार रुपियाँ कलेक्सन गरिसकेको छ ।

‘धडक’ मराठीका ब्लक बस्टर ‘सैराट’को हिंदीमा पुन निर्माण गरिएको होे । ‘धडक’का निर्माता करण जौहर को ब्यानरमा बनेको फिल्ममा जाह्ववी कपूरको अपोजिट ईशान खट्टर छन् । ईशानको यो दोस्रो फिल्म हो ।जाह्ववी र ईशान बाहेक यस फिल्ममा आशुतोष राणाले प्रमुख भूमिका निर्वाहगरेका छन् ।

Advertisement

Advertisement

Advertisement