५३ लाख नगद र २३ लाखको चेकसहित ५ जना अबैध हुन्डी कारेबारी पक्राउ

Advertisement

काठमाडौं । राजश्व छल्दै हुन्डी कारोबर गर्ने पाँच जनालाई अपराध महाशाखाले ५३ लाख रुपियाँ नगद र २३ लाख रुपियाँको चेकसहित पक्राउ गरेको छ । महाशाखाको टोलीले सोमबार उनिहरुलाई कारोबार गर्दै गरेको चेक र नगदसहित पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दुई जना भारतीय नागरीक र तीन जना नेपाली नागरीकहरु रहेका छन् । पक्राउ पर्ने भारतीय नागरीकहरु विजय गुप्ता र अंकित अग्रवाल रहेका छन् भने तीन जना नेपाली नागरीकहरु ललितपुरका दीपक श्रेष्ठ, चितवनका सन्जित पाण्डे, र धनकुटाका पूजन छाला ि जमी रहेका छन् ।

पक्राउ परेका पाँचै जनाका साथबाट ५३ लाख १९ हजार छ सय ७५ रुपियाँ नगद र २३ लाख १३ हजारको चेक बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ गरीएका सबैलाई प्रारम्भिक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement