सरकार अधिनायवादी बनेको भन्दै काँग्रेसको विरोध र्याली

Advertisement

काठमाडौँः प्राडा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दलले मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।

आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।

नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्राडा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।

सहभागीहरुले सरकार अधिनायकवादी शैलीमा काम गरिरहेको भन्दै उसको जनविरोधी क्रियाकलाप आफूहरुलाई मान्य नहुने बताएका थिए । उनीहरुले डा. केसीका माग सम्बोधन गरी चाँडै उनको जीवन रक्षा गर्न माग गरेको छ ।

congress_protest1

Advertisement

Advertisement

Advertisement