बलिउडले धोका दिएपछि सन्नी लियोनीकै बाटोतिर हट अभिनेत्री अदिती राव

Advertisement

एजेन्सि । बलिउड अभिनेत्री अदिती राव हैदरीको बलिउड करिअर अर्को वर्ष १ दशक पूरा हुँदैछ । बलिउडमा यति लामो समय बिताउँदा पनि सफलता नपाएपछि अदितीले आफ्नोे करिअरकै सबैभन्दा ठूलो फैसला गर्दै सनी लियोनीकै बाटो लाग्ने तयारी गरेकी छिन् ।

अदितीले २००९ मा फिल्म ‘दिल्ली ६’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् भने मुख्य भूमिकामा उनी पछिल्लो पटक २०१७ मा ‘भूमिमा’ संजय दत्तकी छोरीको भूमिकामा देखिएकी थिइन् । यो ९ वर्षको अवधिमा अदितीका कुनैपनि फिल्म सफल हुन नसकेपछि सनी लियोनी जस्तै दक्षिण भारतिय फिल्मतिर लागेकी छिन् ।

यसभन्दा अघि आइटम डान्सबाहेक अरुमा सफल हुन नसकेपछि सनी लियोनी पनि दक्षिण भारतिय फिल्मतिर लागेकी थिइन् । सनीको वीरमादेवी रिलिजको तयारीमा रहँदा अदितीको पनि तेलुगु फिल्म सम्मोहन रिलिज भएको छ ।

अदितिको डेब्यु तेलुगु फिल्म सम्मोहन हिट भएपछि उनी बलिउड छाडेर साउथतर्फ केन्द्रित हुने तयारी गरेकी छिन् । हुनत अदिती हैदराबादमा जन्मेर त्यहीँ पढेकी हुन् भने हैदराबाद तेलुगु फिल्मको केन्द्र पनि हो ।

अदिती भने सुरुमा बलिउडतर्फ आकर्षित भएता पनि सफलता नपाएपछि ३२ वर्षकी अदितीले अहिले आएर आफूले दक्षिण भारतिय फिल्ममा राम्रो स्थान बनाउन सक्ने विस्वास भएको बताएकी छिन् ।

Advertisement

Advertisement

Advertisement