सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

Advertisement

काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिम सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासक्ष सेवा र सूचना आदानप्रदान गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्न लागिएको उनले बताए । यसअघि सबै सरकारको निर्देशन अनुसार सबै सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् ।

उनका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्धारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि २०७५’ समेत बनाउने भएको छ ।

यसैगरी ट्वीटर दैनिक सञ्चालन गर्नुपर्ने, सञ्चालन गर्ने व्यक्ति तोकिनुपर्नेजस्ता कुरा कार्यविधिमा राखिएको छ । ट्वीटरमा सेयर कस्तो गर्ने भन्ने सम्बन्धमा कार्यविधिमा उल्लेख गरिएको छ । अहिले १० प्रतिशत कार्यालयहरुमा मात्र ट्वीटर सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement