एलजीको स्मार्ट इन्भर्टर टेक्नोलोजीको रेफ्रिजिरेटरमा रु. १०,३२० रुपियाँ बचत

lg_smart_refrigirator

काठमाडौं । एलजीको स्मार्ट इन्भर्टर टेक्नोलोजीको रेफ्रिजिरेटरले १० हजार ३२० रुपियाँसम्म पैसा बचत गर्ने उक्त ब्राण्डले जनाएको छ । नेपालको पहिलो डाइरेक्ट कुल रेफ्रिजिरेटरमा १० वर्षको वारेन्टी साथै छ हजार ५७० रुपियाँसम्मको बिजुली खपत बचाउने जनाइएको छ ।

यस सिङ्गल डोर रेफ्रिजिरेटरमा प्लान्टेड आइस ट्रे रहेको भन्दै एलजीले यसले १०८ मिनेटमा आइस बनाउने जनाएको छ । एलजीको सिङ्गल डोर रेफ्रिजिरेटरले लोडअनुसार कम्प्रेसरको स्पिड कन्ट्रोल गर्दछ । साथै, यसले अरुको भन्दा कम आवाज निकाल्ने नेपालको लागि एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इम्पेक्सले जनाएको छ ।

united