नेविसंघमा किचलो कायमै, एउटै कार्यक्रममा सभापति र महामन्त्रीबीच आरोप–प्रत्यारोप

Advertisement

काठमाडौंः काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् । बुधबार रिपोर्टर्स क्लबमा भेला भएका सभापति नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए ।

महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न कुन्दन काफ्लाई निर्देशन दिए । उनले भने, ‘नेविसंघको आफ्नै विधि र विधान छ । हामी सबैले विधिविधानको कार्यान्वयन गर्नुपर्छ । मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर खाली भएको स्थानमा मात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ । नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो । केन्द्रीय समितिको बैठक नबसी मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन । पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’

सभापति महरले संगठनको विधि अनुसार तोकिएकै मिति साउन २३ गते महाधिवेशन सम्पन्न गर्न आफू लागिरहेको सुनाए । यद्यपी तोकिएकै मितिमा सम्पन्न गर्न नसके तीन महिनापछि महाधिवेशन गर्ने उनको भनाई छ । महरले भने, ‘संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्व एकदम सक्षम छ । साउन २३ गतेको मिति विचारणीय छ । यदि त्यो समयमा महाधिबेशन भएन भने कार्तिक २३ गते हुन्छ । एक हजार भन्दा कम प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न हुनेछ ।’

त्यस्तै, उनले नेविसंघलाई अन्तर्राष्ट्रियकरण गरेको जानकारी गराउँदै राष्ट्रियताको पक्षमा र समाजिक मुद्दाहरुको बारेमा पहिलो आवाज बोल्ने संगठन भएको दाबी गरे । उनले भने, ‘२०२७ सालदेखि आजको दिनसम्म आउँदा कुनै पनि नेतृत्व सिमा मिचिदै गर्दा सिमाना उभिएर बिरोध गरेको थिएन । हामीले त्यो काम गर्यौ र संगठनलाई पहिचान युक्त बनायौं । वर्तमान सरकारले गरेका २६ वटा गल्तीहरुको सूचि बुझाएर तत्काल सच्चिन आग्रह गर्ने पनि हामी नै हो । सुनकाण्डको छानविन समिति सुतेको छ । सिण्डीकेटलाई प्रशय दिने काम भएको छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सकेन । एसइइको जिपिएको रिजल्ट निकाल्दाको लापरवाहीले पाँच लाख विद्यार्थीको भविष्य खराब पार्ने काम यो सरकारले नै गरेको हो । महिलाको अस्मितामाथि प्रहार गर्नेलाई कारबाही गर्न नसक्ने पनि यही सरकार हो ।’

यता महामन्त्री काफ्लेले संघको नेतृत्वले संगठनलाई उचितरुपमा व्यबस्थापन गर्न नसकेको गम्भीर आरोप लगाए । महामन्त्रीले काफलेले भने, ‘नेतृत्व अल्पमतमा छ । संगठनको विधि विधानअनुसार चलेको छैन् । संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं । पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’ नेविसंघका सभापति र महामन्त्री दुवै नेताले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको खरो बिरोध गरे । उनीहरुले नेपालको स्वास्थ्य र शिक्षालाई सरकारीकरणभन्दा सामुदायीककरण गर्न माग गरे ।

Advertisement

Advertisement

Advertisement