आइसिटी अवार्डकालागि उत्कृष्ट पाँच सार्वजनिक, बुधबारदेखि अनलाइन भोटिङ सुरु

Advertisement

काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ को प्रडक्ट र स्टार्टअप विधामा पाँच–पाँच वटा उत्कृट प्रतिश्प्रर्धीहरु छनोट भएका छन् ।

विभिन्न चरणको छनोट प्रक्रियाबाट छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् ।

यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए ।

उत्कृष्ट ५ मा पर्नसफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

भदौ १ गते हुने विशेष कार्यक्रममा विभिन्न ७ विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिने बताइएको छ ।

उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सुशील पोखरेलले जानकारी दिए ।

अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

Advertisement

Advertisement

Advertisement