‘अभिभावक सचेत नहुँदा चुरोट सुर्ती खाने युवायुवतीको संख्या बढ्यो’

Advertisement

काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा, युवतीहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु दुःखद् कुरा भएको बताएका छन् ।

अनामनगरमा बुधबार आयोजित एक कार्यक्रममा कडरियाले विशेष गरेर युवा युवतीहरु सुर्तीजन्य पदार्थको प्रयोग निकै बढेको भन्दै यो राम्रो संकेत नभएको बताए ।

उनले युवायुवतीहरुलाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि अभिभावक सचेत हुनुपर्ने भन्दै परिवार तथा समाजको उपयुक्त रेखदेखको अभावले गर्दा युवायुवतीहरु किशोर अवस्थामै सुर्तीजन्य पदार्थबाट प्रभावित भएको बताए ।

वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाउने गरेको बताए । उनले जनचेतनाको कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको कुरा सुनाए । पौडेलका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थका कारण २०–२५ हजार मानिसले अकालमा ज्यान गुमाउने गरेको बताए ।

उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरसम्म जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement