महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं। महालक्ष्मी विकास बैंक गत आर्थीक वर्षमा अघिल्लो वर्षको भन्दा २६ प्रतिशतले बढि नाफा कमाउन सफल भएको छ। बैंकले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख रुपियाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा बैंकको नाफा ४४ करोड ४२ लाख रुपियाँ रहेको थियो।

बैंकले खुद व्याज आम्दानी एक अर्ब ७ करोड रुपियाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ७७ करोड ९८ लाख रुपियाँ थियो। अघिल्लो वर्ष नै चुक्ता पूँजी पुरा गरिसकेको बैंकले जगेडा कोषमा एक अर्ब ४३ करोड रुपियाँ जम्मा गर्न सफल भएको छ। गत वर्ष ८ प्रतिशतले निक्षेप बढाउदा कर्जा लगानी पनि ४.५२ प्रतिशतले बढाएको छ । बैंकको खराव कर्जा ३.८८ प्रतिशत पुगेको छ।

उच्च व्याजदरको प्रभावले बैंकको आधार व्याजदर ११.३८ प्रतिशतबाट १२.३४ प्रतिशत पुगेको छ। यसको सीडी रेसियो ६९.११ प्रतिशत छ भने प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ क्रमशः २१ रुपियाँ ३१ पैसा र १५४ रुपियाँ ३० पैसा रहको छ ।

Advertisement

Advertisement

Advertisement