‘नेपाल–चीन एक्स्पो’ आयोजना हुने

Advertisement

काठमाडौं । अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले आउँदो असोज १९ देखि २३ गतेसम्म पाँच दिने ‘नेपाल–चीन एक्स्पो’ आयोजना गर्ने भएको छ । ललितपुरको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर सो मेला गरिने जनाइएको छ ।

नेपाली कालाकार अरनिको र उनले चीनमा परिचित गराएको नेपालको संस्कृति र हस्तकलाको प्रचार गरी व्यावसायिक क्षेत्रको विकास गर्ने उद्देश्यले मेला गर्न लागिएको भन्दै समाजले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर)बाट नेपालमा पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा प्रशस्त लाभ लिन सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै त्यसमा सकारात्मक योगदान दिने पनि मेलाको उद्देश्य रहेको जनाएको छ ।

मेलामा करिव एकसय स्टलहरु रहने छ । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्री र चीनमा उत्पादन हुने कपडा, जुता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिने छ ।

Advertisement

Advertisement

Advertisement