सीजी होल्डिङले सुजुकी स्विफ्ट कारको तीन दिने एक्स्चेन्ज क्याम्प गर्दै

Advertisement

काठमाडौं । सुजुकीको चारपाङ्ग्रे स्विफ्ट गाडीको तेस्रो संस्करणको लागि तीन दिने एक्सचेन्ज क्याम्पको आयोजना हुने भएको छ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आफ्नो नयाँ स्विफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने भएको हो ।

कम्पनीले स्विफ्टको नयाँ मोडलसँग एक्स्चेन्ज गर्दा उपभोक्ताहरुलाई ठाउँमै मूल्य निर्धारण गरी ४० हजारको विशेष एक्स्चेन्ज बोनस प्रदान गर्ने तथा सोही मोडलमा ११ दशमलव ९९ प्रतिशत ब्याजदरले फाइनान्सको व्यवस्था प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस एक्स्चेन्ज योजना देशका सम्पूर्ण सुजुकी आउटलेटमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

तेस्रो संस्करणको नयाँ स्विफ्ट यस श्रेणीको सर्वाधिक स्पोर्टी रुप भएको मोडल हो । पूर्ण रुपमा नयाँ डिजाइन सहितको यस सवारी साधन पाँचौ संस्करणको हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ जसले यसलाई अझ मजबुत र सुरक्षित बनाएको कम्पनीको दाबी छ । यस मोडलमा पूर्व परीक्षण गरिएको के १२ भीभीटी इन्जिन रहेको छ । जसले ८३ पीएस पावरसहित २२ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्नेछ ।

नयाँ स्विफ्टमा डुवल एयरब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नर सहितको सिट बेल्ट एवं सुरक्षामा केन्द्रित आइसोफिक्स् चाइल्ड सिट एन्कोरेजस्ता प्रविधि उपलब्ध छन् । साथै यसमा ब्लुटुथ ह्यान्ड्स फ्रि प्रविधि, अटो एसी, आयल व्हील, पुस स्टार्ट बटन, रिमोट किलेस इन्ट्री, फ्रन्ट फग ल्याम्पस्, सेक्युरिटी आलार्म् सिस्टमलगायतका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement