राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसँग माग

Advertisement

काठमाडौं । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसँग माग गरेको छ । घोषणापत्रबारे दक्षिण एसियास्तरीय बैठक काठमाण्डौमा सम्पन्नभएको जानकारी दिदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायको समेत ध्यानाकर्षण गराएको छ । साउन ११ र १२ गते किसान तथा ग्रामीण क्षेत्रका अन्य श्रमिकहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघबाट पारित हुनलागेको किसान अधिकारसम्बन्धी घोषणापत्रको बारेमा दक्षिण एसियास्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

बैठकले काठमाडौं घोषणापत्रसमेत जारी गरेको पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिए । मानवअधिकार आयोगले किसानहरुको अधिकारसम्बन्धी अगाडि सारेका विषयहरु स्विकार्दै खाद्य सम्प्रभुताको अधिकारकालागि संघर्ष अगाडि बढाउने महासंघले जनाएको छ ।

महासंघको प्रेस विज्ञप्तिमा भनिएको छ, “हामी किसानको जल, जमीन र कार्य क्षेत्रको सुरक्षागर्दै किसानमाथि हुने विभेद र विउविजनको अधिकार संरक्षणमाथि विश्वव्यापार संगठन, स्वतन्त्रव्यापार संगठनबाट हुने हस्तक्षेपको विरोध गर्दछौँ । पृथ्वी, धर्तीमाता र जलवायुको संरक्षण गर्दै खाद्यअधिकारको सुरक्षाका लागि हुने लडाइमा ऐक्यवता जाहेर गर्दछौँ ।”

त्यसैगरी, महासंघले कृषि क्षेत्रमा हुने लैंगिकविभेदको विरोध गर्दै विजविजन, पानी, जिएमओ र विश्वव्यापार संगठनको हस्तक्षपको विरुद्धमा पनि ऐक्यवद्धता जाहेर गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दुई दिनसम्म चलेको बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विभिन्न किसान संघ संगठनका प्रतिनिधिको सहभागिता थियो । उनीहरुले आफ्नो देशको कृषि तथा किसानका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए ।

Advertisement

Advertisement

Advertisement