इण्डोनेशियामा शक्तिशाली भूकम्प

Advertisement

एजेन्सी । इण्डोनेसियाको लोम्बक टापुमा आइतवार ६ दशमलव ४ म्याग्नच्युडको भूकम्प गएको छ । भूकम्प जादाँँ कम्तीमा १० जनाको ज्यान गएको हो ।

सुतिरहेको बेला भूकम्प जादाँ कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएको छ भने कैयौँ घरहरु ढलेको र अरु क्षति पुगेको बताइएको छ । स्थायि समयअनूसार विहान ७ बजे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकिय क्षेत्र लोमबोक रहेको त्यहाँका स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पका कारण धेरै घरमा क्षति पुगेका छ भने थुर्पै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement