वाणिज्य बैंकहरुबाट संकलित निक्षेपभन्दा २० अर्ब बढि कर्जा प्रवाह

Advertisement

काठमाडौं, साउन १३ । गएको आर्थीक वर्षमा वाणिज्य बैंकहरूकले वर्षभरिमा संकलन गरेको निक्षेप भन्दा बढी कर्जा प्रवाह गरेकोे देखिएको छ । गत आवमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ खर्ब ७२ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने ३ खर्ब ९२ अर्बले बढेको देखिन्छ ।

गत आवमा कर्जा प्रवाह २२.६६ प्रतिशतले बृद्धि हुँदा निक्षेप संकलन भने १७.७३ प्रतिशतले मात्र बृद्धि भएको थियो ।

निक्षेप र कर्जा दुवै बढे पनि कर्जा प्रवाहको तुलनामा निक्षेप नबढ्दा वित्तीय बजारको सन्तुलननै बिग्रिएको थियो । बैंकहरूले संकलन भएको भन्दा बढी रकम कर्जा प्रवाह गर्दा बैंकिङ्ग क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७३।७४ मा १७ खर्ब २१ अर्ब रहेको निक्षेप संकलन गत आवमा ३ खर्ब ७२ अर्ब रुपैयाँले बढेर २४ खर्ब ७० अर्ब पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको शुरुमा १७ खर्ब २१ अर्ब रहेको कर्जा प्रवाह ३ खर्ब ९२ अर्बले बढेर २१ खर्ब ११ अर्ब पुगेको हो ।

गत साउनमा ८ अर्ब निक्षेप संकलन भएर २१ खर्ब ६ अर्ब निक्षेप पुगेको थियो । भदौमा सो निक्षेप ११ अर्बले बढ्यो भने असोजमा २५ अर्बले निक्षेप बढेको थियो । कार्तिकमा २३ अर्ब, मंसिरमा २८ अर्ब, पुसमा २१ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यसरी क्रमिक रुपमा बढ्दै गएको वाणिज्य बैंकहरूको निक्षेप माघमा बढ्नुको सट्टा ६ अर्बले घटेर २२ खर्ब ८ अर्बमा सीमित भएको छ ।

तर कर्जा प्रभाव भने साउनदेखिनै लगातार बढ्दै गएको देखिन्छ । माघमा २२ खर्ब ६ अर्ब निक्षेप संलकन भएर १९ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रभाव भएको छ । उक्त महिना निक्षेप संकलन घटे पनि कर्जा लगानी २५ अर्बले बढेको छ । सो कारण बैंकले त्यतिबेला चर्को लगानीयोग्य पुँजीको अभाव खेप्नु परेको थियो ।

माघयता क्रेडिट क्रन्च को समस्या भोगेका बैंकहरू ६ महिनापछि मात्रै पुनः सहज अवस्थामा फर्केको नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

निक्षेप र कर्जा दुवै बढे पनि बैंकको ब्याजमा भने कुनै परिवर्तन आउन सकेको छैन । मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने भनेता पनि अहिलेसम्म त्यसको प्रभाव देखिएको छैन ।

Advertisement

Advertisement

Advertisement