बाबुराम भन्छन, ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बन्यो, हामीले खोजेको उड्ने गतिको समृद्धि हो ।’

Advertisement

लग्जेम्वर्ग । गैरआवासीय नेपाली संघको ११औँ युरोपीय क्षेत्रीय बैठक तथा नवौं युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । बैठकको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्तरुपमा गरे ।

“युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान, सीप र लगानी” नाराका साथ आयोजित यस कार्यक्रमका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैर आवासीय नोपलीहरुलाई नागरिकता दिने कुरा कार्यान्वयन हुने बताए । उनले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कट्यौती नगर्ने बताए ।

केही जिम्मेवार व्यक्तिले कटौति गर्नुपर्छ भने पनि कटौति नहुने ज्ञवालीले बताए । यसअघि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन नमिल्ने भन्दै उनीहरुको चर्को आलोचना गरेका थिए ।

मन्त्री ज्ञवालीले अबको नेपालको एकमात्र एजेन्डा आर्थिक विकास नै हो भन्दै नेपाल आगामी तीन वर्षमा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतप् हुन् र सन २०३० सम्म दिगो विकासका लक्ष्य पुरा गर्न गैरआवासीय नेपालीहरुले सहयोग गर्नुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए । उनले संविधानले दिएअनुसारको अधिकार कार्यान्वयन गर्न चाँडै कानुन बनाउनुपर्ने बताए ।

नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको भन्दै भट्टराईले भने, ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ । हामीले खोजेको उड्ने गतिको समृद्धि हो ।’

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भइसकेको नागरिकतासम्वन्धी कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपूर्ण अभिव्यत्ति दिनु गलत भएको बताए । नेपालले विभिन्न मुलुकहरुसँग दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्ने उनले बताए ।

संघका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिलाई गैरआवासीय नेपालीले सघाउ पुुर्याउने बताउनु भयो । उनले ७८ मुलुकका ७० लाख नेपालीको प्रतिनिधिमूलक यस संस्थाको एउटै सोच नेपालको समृद्धि हो भने ।

बेनालक्सका लागि नेपाली राजदूत लोकबहारदुर थापाले गैरआवासीय नेपालीलाई नेपालले व्यापार प्रवद्र्धनका रुपमा लिनुपर्ने बताए । पूर्मन्त्री एवं डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीले राष्ट्रियता भौतिक प्रगतिले मात्रै नपुुग्ने बताउँदै आर्थिक आधार चाहिने बताइने ।

Advertisement

Advertisement

Advertisement